लामो समयको प्रतीक्षा पछि अभिनेत्री प्रियंका कार्कीले अन्ततः विवाह गर्ने भएकी छिन् । उनले प्रेमी नायक आयुष्मान देशराज जोशीसँग फागुन १६ मा विवाह गर्दै छिन् । विवाहको दिन आउन केही दिन मात्र बाँकी हुँदा प्रियंकालाई विवाहको चटारो परेको छ । यसै बिच मङ्गलवार उनले मेहेन्दी लगाएकी छिन् । विवाहको माहौल सृजना गर्दै उनले परिवार निकट व्यक्तिहरूको उपस्थितिमा मेहेन्दी लगाएकी हुन् । प्रियंकाले मेहेन्दीमा हरियो रङ्गको गाउन लगाएकी छिन् भने उनलाई साथ दिन आयुष्मानले पनि हरियो रङ्ग मिसिएको सेरवानी लगाएका छन् । प्रियंकासँगै आयुष्मानले पनि हातमा मेहेन्दी लगाएको तस्बिर प्रियंकाले सार्वजनिक गरेकी छिन् । गत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले टिका टालो गरेको लामो समयपछि विवाह गर्न लागेका हुन् ।