चलचित्र ‘पारस’मा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन् । निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको चलचित्रको लागी मङ्गलवार अनमोलले साइन गरेका हुन् । लामो समयको प्रयास पछि निर्देशक वाग्लेले अनमोललाई चलचित्रमा भित्र्याउन सफल भएका हुन् । मङ्गलवार दिउँसो निर्माता वाग्ले र अभिनेता अनमोलबिच कागजी सम्झौता भइसकेको छ । चलचित्रलाई भुवन केसीले निर्माण गर्ने छन् । अनमोलले झरना थापाको ‘ए मेरो हजुर ४’ को छायाङ्कन सकेपछि ‘पारस’को लागी काम सुरु गर्ने बताइएको छ ।
निर्माता टर्न निर्देशक वाग्लेले 'पारस'को छायाङ्कन वैशाख दोस्रो साताबाट सुरु हुने जानकारी दिएका छन् । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । लामो समय निर्माताको रूपमा निखारिएका वाग्लेले चलचित्र निर्माण गर्दा आफ्नो पैसामाथि निर्देशकले राज गर्ने र श्रेय आफू लिने भएकाले आफैँ आफ्नो अनुभव लगाएर चलचित्र निर्देशन गर्न तयार भएको बताएका छन् ।