नायिका प्रियंका कार्कीको आज जन्मदिन परेको छ । उनी आज आफ्नो ३३ औँ जन्मदिन मनाउँदै छिन् । पछिल्लो समय निकै चर्चामा रहेकी उनले भोलि अर्थात् फागुन १६ गते विवाह गर्दै छिन् । १९८७ फेब्रुअरी २७ का दिन काठमाडौँमा जन्मिएकी प्रियंकाले सुरेश दर्पण पोखरेलको ‘थ्री लभर्स’ बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी थिइन् । थुप्रै चलचित्रमा काम गरिसकेकी उनलाई पछिल्लो समय म्युजिक भिडियोमा निकै रुचाइएको छ । योसँगै उनले पछिल्लो समय निर्माण तथा निर्देशनमा पनि हात हालेकी छिन् । प्रियंकालाई जन्मदिन तथा वैवाहिक जीवनको शुभकामना!!