अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानुनी रूपमा विवाह गरेका छन् । शुक्रवार सामाजिक परम्परा अनुसार विवाह गर्ने तयारीमा रहेको यो जोडीले बिहीबार कानुनी विवाह अर्थात् कोर्ट म्यारिज गरेका हुन् । बिहीबार जिल्ला अदालत ललितपुर पुगेर उनीहरूले कानुनी विवाह गरेका हुन् । अदालत परिसरमै उनीहरूले एक अर्कालाई मालासमेत लगाइदिएका छन् । यो जोडीलाई केही दिन यता विवाहको रौनकले छोपेको छ । मङ्गलवार उनीहरूले मेहेन्दी सङ्गीत लगायत रिवाज पुरा गरिसकेका छन् । अब शुक्रवार परम्परागत विवाह गरेर उनीहरू पार्टीमा सहभागी हुने छन् ।