चैत २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'प्रेम गीत ३' ले यति बेला धमाधम विदेश राइट्स बिक्री गरिरहेको छ । चलचित्रको गल्फका कतार, कुवेत, युएई, ओमान, साउदी अरेबिया र बहराइनको लागि पनि राइट्स बिक्री भएको छ । केही दिन अघि नर्थ अमेरिका र युरोप राइट्स विक्री भएको चलचित्रको गल्फका लागी १२ लाखमा बिक्री भएको हो । चलचित्रको एमजी अधिकार रमेश ढकालले खरिद गरेको निर्माता निर्देशक सन्तोष सेनले बताए । चलचित्रले राइट्सको रकम उठाएर नाफा भएको रकम आधा आधा बाँडिने गरी सहमति भएको छ । विदेश राइट्सबाट नै 'प्रेम गीत ३'ले रिलिज अगावै ९३ लाख उठाइसकेको छ ।
चलचित्रको राम्रो हाइप र ब्रान्डका कारण विदेशमा माग पनि राम्रो रहेको छ । जसको कारण चलचित्रको लागी मोटो रकम हाल्न वितरक पछि हटेका छैनन् । चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति यस चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहेको छ भने राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भूपेन्द्र अधिकारीले सम्पादन रहेको 'प्रेमगीत ३' चलचित्र ‘चपली हाइट ३’ सँग प्रतिस्पर्धामा उत्रने छ ।