आज शुक्रवारबाट हलमा नयाँ नेपाली चलचित्र 'धुलो' प्रदर्शनमा आएको छ । रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको वास्तविक कथामा निर्माण भएको चलचित्रलाई प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । चलचित्रले एकल प्रदर्शनको अवसर पाएको छ । हुन त अघिल्लो हप्ता प्रदर्शनमा आएका दुई चलचित्र 'सेन्टी भाइरस' र 'आमा' ले हल कब्जा गरिरहेका छन् छ दर्शकको चाप पनि बढिरहेको छ । त्यसैले 'धुलो'लाई केही थ्रेट नै छ । यस चलचित्रमा बुद्धि तामाङ,अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बाल कलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवाको अभिनय रहेको छ । दीपा धरेल प्रस्तुत कर्ता रहेको चलचित्रमा लक्ष्मी गौतम र नानीराम फुयाँलको लगानी रहेको छ । रविन आचार्यले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।