चलचित्र ‘ए मेरो हजुर ४’ को मुहूर्त गरिएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्रको शुक्रवार कार्य विनायक मन्दिरमा मुहूर्त गरिएको हो । मुर्हत कार्यक्रममा अनमोल र सुहानासँगै अभिनेता सलोन बस्नेत, निर्देशक झरना थापा, छायाकार सञ्जय लामालगायत उपस्थित थिए । मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ । शुक्रवार काठमाडौँमा केही सट लिएर निर्माण टिम आजै पोखरा तर्फ लाग्दै छ ।

मुहूर्तसँगै ‘ए मेरो हजुर ४’ को छायाङ्कन सुरु मुहूर्तसँगै ‘ए मेरो हजुर ४’ को छायाङ्कन सुरु मुहूर्तसँगै ‘ए मेरो हजुर ४’ को छायाङ्कन सुरु मुहूर्तसँगै ‘ए मेरो हजुर ४’ को छायाङ्कन सुरु

चलचित्र पोखरामा १० दिन, काठमाडौँ र ललितपुरमा गाह्रो करिब ३० दिन लगाएर छायाङ्कन गरिने छ । साथै युरोप र ओमानमा गीत खिच्ने तयारी निर्देशक थापाको छ । सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्र आगामी दसैँमा प्रदर्शनमा ल्याउने भनिएको छ । दसैँको फूलपातीलाई प्रदर्शन मिति लक गरिएको छ भने दीपक दीपाको ‘छक्का पन्जा ४’ले पनि यही मिति ताकेको छ ।