नव गायिका सदिक्षा सेजुवालको नयाँ भ्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका तथा गीतकार सदिक्षा सेजुवालको यस गीतको अडियो तथा भिडियो लोकार्पण गरिएको हो । सार्वजनिक गीतमा शंकर थापा ’स्माईल’को संगीत रहेको छ भने शब्द तथा स्वर सदिक्षाको रहेको छ ।

 

विकाश सुवेदी निर्दे्शित भिडियोमा अनिल थापा, सदिक्षा, सुनिल क्षेत्री तथा नेपाली ठिटोज् ग्रूपका सदस्यहरुको अभिनय छ । अनिल के. मानन्धरले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् ।