अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आज विवाह गर्दै छन् । यो जोडीले बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी विवाह गरिसकेका छन् भने आज सामाजिक परम्परा अनुसार विवाह गर्दै छन् । उनीहरूको विवाह बुढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा भएको छ । विवाहमा केही चलचित्रकर्मी, उनीहरुका आफन्त र परिवार उपस्थित थिए । विवाहमा दुलाह दुलहिको भेषमा सजिएका प्रियंका र आयुष्मानलाई निकै खुशी र आकर्षक देखिएका थिए । आयुष्मान पन्जेवाजा सहित प्रियंकालाई लिन पुगेका थिए । परम्परागत विवाह सम्पन्न गरेर उनीहरू पार्टीमा सहभागी हुने छन् । लामो समयको प्रेम सम्बन्ध पछि यी दुई वैवाहिक जीवनमा बाँधिन लागेका हुन् ।