पछिल्लो समय हरर चलचित्र 'घर' निर्देशन गरेका नायक अर्पण थापाले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । ‘तीन जन्तु’ नाम राखिएको चलचित्रमा नायक सौगात मल्ल, कलाकार रविन तामाङ र नायिका श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहनेछ । भने निर्देशक थापा पनि मुख्य भूमिकामा देखिनेछन् । जानकारी अनुसार चलचित्रको छायाङ्कन केही दिनमै सुरु हुने छ । तर चलचित्रका बारेमा अन्य जानकारी सार्वजनिक गरिएको छैन । चलचित्र 'घर'ले आस गरे अनुसारको सफलता नदिए पछि अर्पण केही समय मौन थिए तर असफलतालाई एका तर्फ राखेर उनी नयाँ चलचित्र बनाउने जमर्को गर्दै छन् । यसअघि थापाले ‘मुखौटा, आधा लभ, ‘घर’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् ।