गायक सुगम पोखरेल र गायिका दुर्गा खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘डोली सजाई’ बोलको गीतमा अम्बिका गुरुङको शब्द सृजना र अर्जुन पोख्रेलको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । नायक पल शाह र रेश्मा घिमिरेको जोडी बाँधेको गीत को भिडियो शिव विकले निर्देशन गरेका हुन् । भिडियोको नृत्य निर्देशन पनि विककै रहेको छ । अर्जुन तिवारीले छायाङ्कन गरेको सो म्युजिक भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । डान्सिङ फ्लेवरको गीतमा पल र रेश्मालाई प्रेमिल र आकर्षक देखाइएको छ ।