नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी शुक्रवार वैवाहिक जीवनमा बाँधिए । शुक्रवार विवाह सम्पन्न गरेपछि साँझ उनीहरूले दिएको रिसेप्सन पार्टीमा सहभागी भएका थिए । रिसेप्सन पार्टीमा कला कर्मी रङ्गकर्मी र प्रियंकाका र आयुष्मानका निकट सम्बन्धका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
चलचित्र क्षेत्रबाट विशेष गरी, नायिकाहरूको उपस्थिति बाक्लो देखिन्थ्यो । पार्टीमा नायिकाहरू स्वस्तिमा खड्का, वर्षा राउत, ऋचा शर्मा, केकी अधिकारी, रेखा थापा, वर्षा सिवाकोटी, नम्रता श्रेष्ठ, करिश्मा मानन्धर, श्वेता खड्का, सञ्चिता लुइँटेल, दीपा श्री निरौलाको उपस्थिति रहेको थियो ।
वरिष्ठ अभिनेता हरिवंश आचार्य दम्पती, वसुन्धरा भुसाल, करिश्मा मानन्धर, विनोद मानन्धर, सिताराम कट्टेल, कुञ्जना घिमिरे, रिचा शर्मा दम्पती, कविता रेग्मी, अनुभव रेग्मी, रेनशा बान्तवा राई लगायतका सेलिब्रेटीको उपस्थिति रहेको थियो ।