यो वर्ष एक पछि अर्को गर्दै चल्तीमा रहेका नायिकाले विवाह गरिरहेका छन् । भर्खर अभिनेत्री प्रियंकाले विवाह गरिन् भने दुई महिना अघि नायिका ॠचा शर्माले विवाह गरेकी थिइन् । यही फागुनमा आँचल शर्माको पनि लगन जुरेको छ । योसँगै एक पछि अर्को गर्दै नायिकाहरू आफू प्रेममा भएको कुरा खुलाइरहेका छन् । पछिल्लो समय प्रेममा रमाइरहेका नायिकामा पर्छिन् नायिका नम्रता श्रेष्ठ । प्रेममा भएकी नम्रताले कहिले विवाह गर्दै छिन् भन्ने विषय उनका फ्यानको लागी चासोको विषय हो । यसै बिच प्रियंकाको रिसेप्सन पार्टीमा पुगेकी नम्रताले आफूले अहिले विवाहको बारेमा नसोचेको बताएकी छिन् । उनले अहिले बिहेको विषयमा सोचेकी नै छैन जुन दिन हुन्छ सबैलाई थाहा हुन्छ भनेकी छिन् । उनले विवाह कसरी गर्ने भनेर पनि योजना नबनाएको र जुन दिन बिहेको लगन जुर्छ, त्यही दिन नै कसरी गर्ने भन्ने विषयमा पनि सोच्नेछु भनेकी छिन् ।