गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि चलचित्रका प्रचारप्रसार सामाग्री रिलिज, यिनै बिच नेपाली रजतपटको गत हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया जदौ’ बोलको गीत गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा दीपक शर्माले सङ्गीत भरेका हुन् । गीतको भिडियोमा दर्जन बढी कलाकार फिचर्ड छन् ।  

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी शुक्रवार वैवाहिक जीवनमा बाँधिए । शुक्रवार विवाह सम्पन्न गरेपछि साँझ उनीहरूले दिएको रिसेप्सन पार्टीमा सहभागी भएका थिए । रिसेप्सन पार्टीमा कला कर्मी रङ्गकर्मी र प्रियंकाका र आयुष्मानका निकट सम्बन्धका व्यक्तिहरूको उपस्थिति रहेको थियो । चलचित्र क्षेत्रबाट विशेष गरी, नायिकाहरूको उपस्थिति बाक्लो देखिन्थ्यो । पार्टीमा नायिकाहरू स्वस्तिमा खड्का, वर्षा राउत, ऋचा शर्मा, केकी अधिकारी, रेखा थापा, वर्षा सिवाकोटी, नम्रता श्रेष्ठ, करिश्मा मानन्धर, श्वेता खड्का, सञ्चिता लुइँटेल, दीपा श्री निरौलाको उपस्थिति रहेको थियो ।

चलचित्र ‘ए मेरो हजुर ४’ को मुहूर्त गरिएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्रको शुक्रवार कार्य विनायक मन्दिरमा मुहूर्त गरिएको हो । मुर्हत कार्यक्रममा अनमोल र सुहानासँगै अभिनेता सलोन बस्नेत, निर्देशक झरना थापा, छायाकार सञ्जय लामालगायत उपस्थित थिए । मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ ।

चैत २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'प्रेम गीत ३' ले यति बेला धमाधम विदेश राइट्स बिक्री गरिरहेको छ । चलचित्रको गल्फका कतार, कुवेत, युएई, ओमान, साउदी अरेबिया र बहराइनको लागि पनि राइट्स बिक्री भएको छ । केही दिन अघि नर्थ अमेरिका र युरोप राइट्स विक्री भएको चलचित्रको गल्फका लागी १२ लाखमा बिक्री भएको हो । चलचित्रको एमजी अधिकार रमेश ढकालले खरिद गरेको निर्माता निर्देशक सन्तोष सेनले बताए ।

भीमसेन लामाको निर्देशनमा निर्माण हुने हरर चलचित्र ‘कठपुतली’को पोस्टर सार्वजनिक भएको छ । नेपालमा कमै मात्रामा बन्ने हरर जनराको चलचित्रको सार्वजनिक पोस्टरमा कुनै मन्दिरमा सन्यासी जस्तो लाग्ने व्यक्तिले पूजा गरिरहेको देख्न सकिन्छ । एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरूले मोज मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथि गर्ने शोषण, बलात्कार जस्ता कामबाट आजित महिलाहरूले मृत्यु परान्त लिएको बदलालाई चलचित्रमा देख्न सकिन्छ । चलचित्रलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानुनी रूपमा विवाह गरेका छन् । शुक्रवार सामाजिक परम्परा अनुसार विवाह गरेको यो जोडीले बिहीबार कानुनी विवाह अर्थात् कोर्ट म्यारिज गरेका हुन् । बिहीबार जिल्ला अदालत ललितपुर पुगेर उनीहरूले कानुनी विवाह गरेका थिए। 

अभिनय कौशल र  उनले निभाउने फरक चरित्रले चर्चामा रहने कलाकार विजय बरालले विवाह गरेका छन् । विजयले बिहीबार प्रमिला खनालसँग विवाह गरेका हुन् । प्रमिला एक डान्सर हुन् । विजय र प्रमिलाको विवाहमा आफन्त र केही कला कर्मीको मात्र सहभागिता रहेको थियो । 

शुक्रवारबाट हलमा नयाँ नेपाली चलचित्र 'धुलो' प्रदर्शनमा आएको छ । रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको वास्तविक कथामा निर्माण भएको चलचित्रलाई प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । चलचित्रले एकल प्रदर्शनको अवसर पाएको छ ।

चलचित्र ‘पारस’मा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन् । निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको चलचित्रको लागी मङ्गलवार अनमोलले साइन गरेका हुन् । लामो समयको प्रयास पछि निर्देशक वाग्लेले अनमोललाई चलचित्रमा भित्र्याउन सफल भएका हुन् । मङ्गलवार दिउँसो निर्माता वाग्ले र अभिनेता अनमोलबिच कागजी सम्झौता भइसकेको छ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

पछिल्लो समय हरर चलचित्र 'घर' निर्देशन गरेका नायक अर्पण थापाले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । ‘तीन जन्तु’ नाम राखिएको चलचित्रमा नायक सौगात मल्ल, कलाकार रविन तामाङ र नायिका श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहनेछ । भने निर्देशक थापा पनि मुख्य भूमिकामा देखिनेछन् । जानकारी अनुसार चलचित्रको छायाङ्कन केही दिनमै सुरु हुने छ ।

गायन रियालिटी शो ‘नेपाल स्टार’को तयारी तीव्र गतिले भइरहेको छ । नेपाल टेलिभिजनले निर्माण गर्ने यस शोलाई वाइवाइले मुख्य प्रायोजन गर्ने भएको छ । आइतबार नेपाल टेलिभिजनका लागि ‘कि एडभरटिजमेन्ट’का रविन्द्र कुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपमा मेनेजर निर्वाण चौधरीबिच सम्झौता भएको हो । सम्झौता कार्यक्रममा शोको बारेमा बोल्दै यस रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले बताएका छन् ।

चलचित्र ‘जारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्माणमा बनेको चलचित्रको फर्स्टलुक सँगै प्रदर्शन मिति पनि प्रदर्शन सार्वजनिक गरिएको छ । आगामी जेठ २३ गते प्रदर्शनमा आउने चलचित्रलाई लेखक तथा कवि उपेन्द्र सुब्बाले निर्देशन गर्दै छन् । उनको यो डेब्यु निर्देशन हो । शुक्रवार सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई स्थान दिइएको छ जसमा उनीहरू श्रीमान् श्रीमतीको भूमिकामा भएको अनुमान लगाउन सकिन्छ ।

अभिनेता अनमोल केसीलाई ठगीको आरोप लागेको छ । निर्माता द्वय जयन श्रेष्ठ र रुपेश खड्गीले हप्ता दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी गरेको खुलेको छ । निर्माता द्वयले चलचित्र ‘धुपौरे’ मा अभिनय गर्न ५ लाख रुपैयाँ एडभान्स लिए पनि फिल्मका लागि समय नदिएको भन्दै उजुरी गरेका हुन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

पछिल्लो समय दर्शकको माया र साथ पाएको देशकै पहिलो कमेडी रियालिटी सो कमेडी च्याम्पियन फाइनलको नजिक पुगेको छ । टेलिभिजन लगायत युट्युबमा राम्रो दर्शक बटुलेको यस शोले यति बेलासम्म आफ्नो टप तीन प्रतिस्पर्धी पाइसकेको छ । शोको फाइनलमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगिसकेका छन् अब उनीहरू टाइटलको लागी भिड्नेछन् । तिनैलाई चैत्र १ गते १२ बजेसम्म भोट गर्न सकिनेछ ।

गायक तथा सङ्गीतकार टंक बुढाथोकीले चलचित्र निर्माण गर्ने भएका छन् । उनले नेपालको ठुलो चलचित्र तथा म्युजिक खरिद कम्पनी ओएसआर डिजिटलसँग सहकार्य गरेर चलचित्र निर्माण गर्ने तयारी गरिरहेका छन् । चलचित्र निर्माणका लागी दुई पक्षीय पहिलो भेट र प्रस्ताव गरेका छन् । बुझिए अनुसार चलचित्रको नाम टंकको लोकप्रिय गीत 'मन बिनाको धन ठुलो कि धन बिनाको मन'बाटै राख्ने तयारी भइरहेको छ ।

'छक्का पन्जा ३' पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिम यति बेला 'छक्का पन्जा' सिरिज लाई नै निरन्तरता दिने तयारी गरिरहेको छ । केही समय अघि चलचित्रको निर्माण घोषणा भैसकेको छ भने चलचित्र रिलिज मिति पनि तोकिसकिएको छ । चलचित्र निर्माण पक्षले ‘छक्का पन्जा ४’ आगामी दसैँको फूलपातीमा रिलिज हुने घोषणा गरेको छ ।

अभिनेत्री आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठको आज सोमवार इन्गेजमेन्ट सम्पन्न भएको छ । इन्गेजमेन्ट गरिए पनि उनीहरूको फागुन अन्तिम साता उनको विवाह हुने भनिए पनि मिति भने सार्वजनिक गरिएको छैन । यही फागुन अन्तिममा वैवाहिक जीवनमा बाँधिने भने पक्का भैसकेको छ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

हिडन ट्रेजरले आयोजना गर्ने 'मिस नेपाल २०२०'को लागि आवेदन खुलेको छ । सोमबारबाट खुल्ला गरिएको मिस नेपालको आवेदन मार्च २७ गतेसम्म भर्न सकिने छ । मिस नेपालमा सहभागी हुन चाहने १९ वर्षदेखि २६ वर्षसम्मका अविवाहिता र ५ .४ इन्च हाइट भएका नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरूले मात्र आवेदन दिन पाउनेछन् ।

'जात्रा', 'जात्रै जात्रा', 'शत्रु गते' जस्ता हिट चलचित्र निर्देशन गरेका निर्देशक प्रदीप भट्टराईले 'जात्रै जात्रा' पछि विश्राम लिएका छन् । दर्शकले उनको नयाँ चलचित्रको प्रतीक्षा व्यग्र रूपले गरिरहेका छन् । दर्शकको चाहना पुरा गर्दै प्रदीपले यही वर्षभित्र नयाँ चलचित्र निर्देशन गर्ने तयारी गरिरहेका छन् । उनका अनुसार केही महिना यता उनी चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छन् । यही २०२० भित्र चलचित्र रिलिज गर्ने योजना बनाएका छन् । 

अभिनेत्री रेखा थापाले नयाँ चलचित्र बनाउने घोषणा गरेको पनि धेरै भैसकेको छ । उनले पछिल्ला दिनमा चलचित्रको बारेमा खासै केही बाहिर ल्याएकी थिइनन् । तर लामो समय पछि उनले आफ्नो चलचित्रको लागी भइरहेको कामको बारेमा कुरा बाहिर ल्याएकी छिन् । उनले निर्माण गर्ने चलचित्रको एक गीत रेकर्ड गरिएको छ । गीतमा गायिका स्मिता दाहालले स्वर दिएकी छिन् । 

चलचित्र ‘परदेशी’ को सिक्वेलको शुभ मुहूर्त शुक्रवार गरियो । चलचित्रको शुभ मुहूर्तसँगै छायाङ्कन सुरु गरिसकिएको छ । यसै चलचित्रबाट गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् । भने उनको जोडीको रूपमा नायिका वर्षा सिवाकोटी देखिनेछिन् । नारायण रायमाझीको निर्देशनमा निर्माण हुने चलचित्रमा अभिनेत्री केकी अधिकारीको पनि प्रवेश भएको छ । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा