अभिनेत्री श्वेता खड्काको नेतृत्वमा गोदावरीमा क्यान्सर हस्पिटल बन्ने भएको छ । स्वेताका श्रीमान् अर्थात् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण म्रुत्यु भएको थियो । विवाह भएको केही दिन मै क्यान्सरले श्रीमान् गुमाउनुको पिडा कस्तो हुँदो हो त्यो श्वेतालाई जति कसलाई थाहा होला । श्रीकृष्ण को मात्र होइन स्वेताका भिनाजुको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । यसरी क्यान्सरले परिवारबाट एक पछि अर्को खुसी खोसिदिँदा श्वेतालाई निकै ठुलो आघात पर्‍यो ।

त्यस यथा उनी सामाजिक काममा आफूलाई निकै व्यस्त राखिरहेकी छिन् । यसै बिच आफूलाई जस्तो पिडा अरूलाई पनि नपरोस् र कसैले उपचार नपाएर संसार छोड्नु नपरोस् भन्ने सोच बनाएर श्वेता क्यान्सर हस्पिटल निर्माणमा जुटेकी छिन् । उनी क्यान्सरको लागी काम गरिरहेका केही टिमसँग सहकार्य गरेर यसको लागी लागी परेकी हुन् । हस्पिटलको भवन निर्माणको शिलान्यास सोमवार गरिएको छ । गोदावरीको छम्पीमा हस्पिटल निर्माण सुरु हुँदै छ ।

स्वेताले यसरी बनाउँदै छिन् क्यान्सर हस्पिटल स्वेताले यसरी बनाउँदै छिन् क्यान्सर हस्पिटल स्वेताले यसरी बनाउँदै छिन् क्यान्सर हस्पिटल स्वेताले यसरी बनाउँदै छिन् क्यान्सर हस्पिटल

स्वेताका अनुसार सय बेड क्षमता भएको यस अस्पतालले क्यान्सर रोगको उपचार गर्नुका साथै क्यान्सरको बारेमा जनचेतना जगाउने काम गर्नेछ । आफूले नेशनल क्यान्सर अस्पतालबाट प्रभावित भएर यस काममा हात हालेको उनको भनाइ छ । हस्पिटलको नाम 'नेशनल हस्पिटल एण्ड क्यान्सर रिशर्च सेन्टर' राखिएको छ ।  ​​​​​​​

स्वेताले यसरी बनाउँदै छिन् क्यान्सर हस्पिटल स्वेताले यसरी बनाउँदै छिन् क्यान्सर हस्पिटल स्वेताले यसरी बनाउँदै छिन् क्यान्सर हस्पिटल स्वेताले यसरी बनाउँदै छिन् क्यान्सर हस्पिटल