गायक वुद्दिमान श्रेष्ठ र गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘बैगुनी’ बोलको गीतको भिडियो सहित युट्युबमा सार्वजनिक गरिएको हो । गीत मा बादल घिमिरेको शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियोमा सागर लम्साल र केकी अधिकारीलाई फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाको छायाङ्कन रहेको छ । भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् भने सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । गीत ले विदेश जान लागेको प्रेमी प्रति प्रेमिकाले गरेको गुनासोको भाव बोकेको छ ।