'कृ' निर्देशक सुरेन्द्र पौडेल नयाँ चलचित्रको तयारीमा छन् । चलचित्रको केही दिनमा औपचारिक निर्माण घोषणा गर्ने तयारी भइरहेको छ । नयाँ चलचित्रको तयारीमा छन् । चलचित्रको केही दिनमा औपचारिक निर्माण घोषणा गर्ने तयारी भइरहेको छ । ‘बेन्जो’ नाम राखिएको चलचित्र चैत पहिलो हप्ताबाट फ्लोरमा जाने बताइएको छ । बुझिए अनुसार चलचित्रमा अदिति बुढाथोकी र नयाँ पुस्ताका लोकप्रिय गायक नितेशजंग कुँवरको मुख्य भूमिका रहने छ । तर निर्देशक पौडेलले चलचित्रको बारेमा केही बोलेका छैनन् ।
चलचित्र बारे बाहिरिएका खबर साँचो भए यसै चलचित्रबाट नितेशले चलचित्र क्षेत्रमा डेब्यु गर्नेछन् । भारतमा मोडलिङमा कदम बढाइरहेको अदिति यसै चलचित्रको लागी नेपाल आएको बुझिएको छ । लभ स्टोरी जनरामा निर्माण हुने चलचित्रमा अदिति र नितेशको जोडी निकै जम्ने अनुमान लगाउन सकिन्छ ।