अभिनेत्री प्रियंका कार्कीले गत शुक्रवार अभिनेता आयुष्मान देशराज जोशीसँग लगन गाँठो कसिन् । उनीहरूले हप्ता दिन जस्तो लगाएर विवाहका रिवाजहरू सम्पन्न गरे । लामो समयको प्रेम पछि विवाह गरेका यी दुईको विवाह केही कुराले गर्दा चर्चामा रह्यो । च र्चामा आएको एउटा विषय हो उनीहरूले भारतीय पहिरन र संस्कारका साथ गरेको विवाहको । बिहेमा प्रियंका र आयूष्मान दुवै भारतीय पहिरन र शृङ्गारमा देखिएका थिए । प्रियंकाले लहेंगा लगाएकी थिइन् भने आयुष्मानले सेरवानी । उनीहरूले अपनाएको मेहेन्दीको रिवाज र मेहेन्दीमा आयुष्मानले सुपारी ल्याएको प्रशंङ्गले राम्रो गरी नै सबैको ध्यान खिच्यो ।

उनीहरूको भारतीय संस्कारको मोहबारे मिडियामा राम्रै स्थान पाइरहेका छन् भने उनीहरूको आलोचना पनि भएको छ । यसै विषयमा प्रियंकाले मुख खोलेकी छिन् । आफ्नो सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै उनले आफ्नी आमाको माइती पन्जाबमा रहेको र उनका बुवा पन्जाबी भएको बताएकी छिन् साथमा उनकी कान्छी आमा पनि पन्जाबी नै हुन् । उनले अझै पनि आमाको माइती अमृतसर र हरियानामा रहेको बताएकी छिन् । यती मात्र नभएर आयुष्मानकी आमाका हजुरबुवा पनि पन्जाबी रहेको खोलेकी छिन् ।

यसर्थ पारिवारिक पृष्ठभूमिका कारण आफूले नेपाली र भारतीय संस्कारको समायोजन गरी विवाह गरेको भनेकी छिन् । साथै उनले कसैलाई वा कसैको बारेमा हतारमा बोलिहाल्नु भन्दा उसको इतिहास र पारिवारिक पृष्ठभूमि बारे बुझेर गरेर मात्र मूल्याङ्कन गर्नु उचित होला भन्ने सल्लाह दिएकी छिन् । उनको भनाइ छ । उनले यस कुरामा उठेका विवाद तथा आलोचनाले आफूलाई फरक नपार्ने तर आफूलाई माया गर्ने र साथ दिने शुभचिन्तकको लागी यो कुरा स्पष्ट पारेको लेखेकी छिन् ।