अभिनेत्री केकी अधिकारी पछिल्लो समय निकै चर्चामा छिन् । चलचित्रबाट उति सफलता नपाएकी उनले निर्माण गरेको कमेडी रियालिटी सो 'कमेडी च्याम्पियन' ले उनलाई सबैको नजरमा ल्याइदियो । चलचित्रबाट उति सफलता नपाएकी उनी पछिल्लो समय म्युजिक भिडियोमा पनि सक्रिय छिन् । यति बेला उनी केही चलचित्रको लागी पनि काम गरिरहेकी छिन् । गत शुक्रवार नायिका प्रियंका कार्कीले विवाह गरिन् ।
केकी प्रियंकाकी मिल्ने साथी हुन् उनको विवाहमा केकीको उपस्थिति नहुने कुरै भएन । केकी प्रियंकाले मनाएका विवाहका हरेक रिवाजमा सहभागी थिइन् । उनी शुक्रवार साँझ आयोजना गरिएको रिसेप्सन पार्टीमा निकै सजिएर पुगेकी थिइन् ।
पार्टीमा सहभागी भएर घर फर्किएर केकीले प्रियंकालाई सम्बोधन गर्दै लामो शुभकामना दिएकी थिइन् । जसलाई उनले आफ्नो सामाजिक सञ्जालमा राखेकी थिइन् । उनको उक्त शुभकामना सामाजिक सञ्जालमा हिट नै भयो । हिट मात्र भएन यसबारे तर्क वितर्क गर्नेको जमात ठुलो निस्कियो ।