चलचित्र ‘प्रेम पूजा’को लागि कलाकार अडिसनको घोषणा गरिएको छ । सस्पेन्स जनरामा निर्माण हुने चलचित्रको लागि १२ जना कलाकार खोजी गरिएको छ । अमरदीप सापकोटाले निर्देशन गर्ने चलचित्रको लागी मुख्य अभिनेत्री कै खोजी गरिएको छ । यसै गरी सहायक भूमिकाको लागि ५ जना महिला कलाकार मागिएको छ । साथमा सहायक भूमिकाको लागि ५ जना पुरुष कलाकारको आवश्यकता रहेको निर्माण पक्षले बताएको छ । इच्छुकले नेपालसँगै संसार भरबाट अडिसनमा सहभागिता जनाउन सक्नेछन् । निर्माण टिमले चलचित्रको फस्ट लुक सार्वजनिक गरिसकेको छ जसमा फिचर्ड कलाकारको अनुहार लुकाइएको छ ।
चलचित्र निर्माण पक्षले चलचित्रलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताएको छ । वैशाख पहिलो साताबाट छयाकंनमा जान लागेको चलचित्रको काठमाडौँ, चितवन र भारतको बनारसमा छायाङ्कन गरिने छ । ‘प्रेम पूजा’लाई ईन्टरटेन्मेन्ट वर्ल्ड वाइड प्रालिले निर्माण गर्दै छ । भने यसको कथा, पटकथा तथा संवाद छक्का पन्जा सिरिजका लेखक अभिमन्यु निरभिको रहने छ ।