पछिल्लो समय छ चर्चामा रहेको रियालिटी सो 'कमेडी च्याम्पियन' फाइनलमा पुगिसकेको छ । २४ जनाबाट छानिएर अब फाइनलको यात्रामा तीन जना मात्र छन् । पछिल्ला केही हप्ताहरूमा कमेडी च्याम्पियनका प्रतिस्पर्धी निकै चर्चामा रहे । चर्चामा रहने टप पाँच प्रतिस्पर्धी हुन् मेक्सम गौडेल, सुमन कार्की, सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त । यी पाँच मध्ये मेक्सम र सुमन कार्की शोबाट आउट भैसकेका छन् । उनीहरू दर्शकले गरेको भोटका आधारमा आउट भएका हुन् । शोबाट फाइनलको यात्रामा पुग्न नसके पनि यी दुईलाई दर्शकले निकै मन पराएका छन् । सुरु देखी नै राम्रो र फरक प्रस्तुति दिँदै आएका दुवैले शोबाट बाहिरिनुलाई ठुलो मानेका छैनन् बरु आफ्नो हास्य व्यङ्ग्यको यात्रामा एउटा निकै ठुलो खुड्किलो बनेकोमा खुसी मानेका छन् । उनीहरूका अनुसार सबैलाई हँसाउन भनेर हिँडेको मान्छे दुखी हुन नसुहाउने र अबका दिनमा आफ्नो लागे नयाँ र फराकिलो बाटो खुलेको बताएका छन् । कमेडियन सुमन कमेडी च्याम्पियनमा आउनु भन्दा पहिले नै यसै क्षेत्रमा अगाडी बढिरहेका थिए यद्यपि उनका दर्शक र शुभ चिन्तक कम थिए तर कमेडी च्याम्पियन उनको जीवनमा एउटा नयाँ आयाम बनेर आइदियो । अब उनीहरूका नामले भन्दा बढी उनीहरूले दिएको प्रस्तुति को हिसाबले चिन्ने हरू धेरै छन् । मेक्सम र सुमन दुवैले शोमा रहँदाका दिनहरू, प्रस्तुति दिने मञ्च अनि आफूसँगै भएका प्रतिस्पर्धी साथीहरूलाई निकै सम्झिने सुनाएका छन् । हेरौँ सुमन र मेक्समले कमेडी च्याम्पियनबाट सँगालेका अनुभवहरू भिडियोमा: