साङ्गीतिक ब्यान्ड ‘सिजन्स ब्यान्ड’ ले नयाँ सार्वजनिक गरेको छ । गीति सङ्ग्रह 'सिजन्स द न्यु बिगिनिङ' बाट दोस्रो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यसै ब्यान्डका गायक सुजिल कर्माचार्यको स्वर रहेको 'को नेपाली यो' गीत युट्युबमा सिजन्स ब्यान्डकै युट्युबमा सार्वजनिक गरिएको छ । चलिआएको ट्रेन्ड भन्दा निकै फरक स्वाद र कन्सेप्टको यो गीतलाई दर्शकले मन पराइरहेका छन् । सिजन्स ब्यान्ड कै शब्द तथा सङ्गीतमा तयार भएको गीतको भिडियोलाई बिजेश पौडेलले निर्देशन गरेका हुन् भने शिवराम श्रेष्ठले खिचेका हुन् । सार्वजनिक भिडियोमा ध्रुव अधिकारी, अबिर पौडेल, प्रकाश खनाल लगायत फिचर्ड छन् । यस अघि रिलिज गरिएको सिजन्स द न्यु बिगिनिङ'कै सङ्ग्रहको पहिलो गीत 'भन्छन् नारायण' लाई पनि दर्शकले निकै मन पराएका थिए । सिजन्स ब्यान्ड हेटौडामा रहेर दर्शकलाई फरक स्वाद का गीत सङ्गीत चखाउन सिपालु ब्यान्ड हो जसले यस अघि सुनेको कुरा, असार साउन, रातो माटो लगायत गीतहरू सार्वजनिक गरेको छ ।