‘मिस वर्ल्ड’ २०१९ टोनी एन सिंह नेपाल आउने भएकी छन् । बिहीबार जमैकाकी यी सुन्दरी नेपाल आउन लागेकी हुन् । मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरको समन्वयमा नेपाल आउने उनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु जाने छिन् । टोनी हेलम्बुको ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँ जाने कार्यक्रम छ । सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो । अनुष्काको प्रोजेक्ट गाउँ अवलोकन गर र नेपालमा मिस वर्ल्ड आयोजना गर्ने नगर्ने विषयमा अध्ययन गर्न उनीसहित मिस वर्ल्ड आयोजक संस्थाका प्रतिनिधि पनि आउन लागेका हुन् ।