पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘मारूनी’ लन्डनमा प्रदर्शन गरिएको छ । पुनम इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई लन्डनका दर्शकले रुचाएका छन् । लन्डनका दुई सहर अल्डरसट र बाल्चिनमा चलचित्रको दुई सो राखिएको थियो दुवै शोमा दर्शकको उत्साहजनक साथ रहेको निर्मात्री पुनम गौतमले बताएकी छिन् । दुवै सो हाउसफुल भएको बताउँदै पुनमले, ‘दर्शकको उपस्थितिले त खुसी बनाएको नै थियो, त्यो माथि चलचित्रलाई सबैले रुचाउनु भएको छ । त्यसले थप खुसी दिएको छ ।’ भनेकी छिन् । दर्शकले चलचित्रको विषय बस्तु, प्रस्तुति तथा कलाकारको अभिनय नै मन पराएका छन् । 'चितवन युथ युके'को मुख्य आयोजना राखिएको शोमा निर्मात्री पुनम र चलचित्रकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागी भएका थिए । देश बाहिर विभिन्न देशमा प्रदर्शन भैसकेको यस चलचित्र अन्य केही देशमा पनि प्रदर्शन गरिने निर्मात्री पुनमले बताएकी छिन् । अप्रिल ३ तारिखमा सिक्किम, दार्जिलिङ, सिलिगुढी लगायतका ठाउँहरूमा पनि सो रहेको उनको भनाइ छ । नवल नेपालको निर्देशनमा बनेको चलचित्रले तेस्रो लिङ्गीको कथा बोकेको छ ।