चलचित्र ‘म यस्तो गीत गाउँछु २’ सेन्सर पास भएको छ । पल शाह र पूजा शर्मा स्टारर प्रतीक्षित चलचित्रले पीजी सर्टिफिकेट पाएको छ । अब यस चलचित्र हेर्दा १६ वर्ष भन्दा कम उमेरका दर्शक अभिभावकको साथमा हुनु पर्ने छ । सुदर्शन थापा निर्देशित चलचित्रमा पल र पूजाको म्युजिकल लभ स्टोरी र रोमान्स हेर्न सकिन्छ । फागुन ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्रमा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ । 'म यस्तो गीत गाउँछु २'को कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।