चलचित्र ‘पानीफोटो’ को प्रदर्शन मिति तय भएको छ । अभिनेता खगेन्द्र लामिछानेले डेब्यु निर्देशन यस चलचित्र आगामी साउन ३० गतेबाट प्रदर्शनमा आउने भएको हो । निर्माण कम्पनी टुकी आर्ट्स प्रालि र मञ्जुश्री फिल्म प्रोडक्सनले रिलिज मिति घोषणा गरेका हुन् । स्थापित लेखक र कलाकार खगेन्द्र लामिछानेले  पन्ध्र वर्ष अगाडी सफल नाटक 'पानीफोटो' निर्देशन गरेका थिए । बेपत्ता छोराको पर्खाइमा बसेका आमा-बुबाको कथामा खगेन्द्रले निर्देशन गरेको यस चलचित्रलाई दर्शकले निकै रुचाएका थिए । भने यसै नाम र कथा सहित चलचित्र निर्माण गरेका हुन् । कथा अनुसार चलचित्र काठमाडौँलगायत पश्चिम नेपालका बर्दिया, स्याङ्जा र रोल्पामा छायाङ्कन गरिएको छ । चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि गुरुङ, अजस्र ढुङ्गाना, कमलमणि नेपाल, राधा श्रेष्ठ, श्याम कुमार खड्का, कमल देवकोटा, अनोज पाण्डेलगायतका कलाकारको अभिनय रहने छ । 'पानीफोटो'मा रोजिना सिटौला र रविन्द्र बज्राचार्यको लगानी रहेको छ भने दीपक बज्राचार्यको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।