केही वर्ष अघि नेपाली चलचित्रको लागी रेखा थापा एउटा ब्रान्ड नै थियो । दर्शक उनलाई पर्दामा हेर्न निकै उत्साहित हुन्थे र आफ्नो चलचित्रमा रेखालाई लिन निर्माताको लर्को नै लाग्थ्यो । समय सधैँ उही कहाँ हुन्छ र ? समयसँगै मान्छेका रोजाइ अनि समयको माग पनि बदलिँदै जान्छ । तर समय जति नै बदलिए पनि नेपाली फिल्म इन्डस्ट्रीमा जति नै नायिकाको प्रवेश भए पनि दर्शकले माया मार्न नसक्ने रेखा फेरी दर्शकको माझमा आएकी छिन् । उनले झन्डै दुई दशक अगाडी चलचित्र 'हिरो' बाट नेपाली फिल्म इन्डस्ट्रीमा पाइला राखेकी थिइन् भने यसै नामसँग मिल्दो नाम रहेको चलचित्र 'हिरो रिटर्न्स' लिएर आएकी छिन् ।

सविनको आग्रहमा 'हिरो रिटर्न्स' गरेकी हुँ, रेखा थापा(फोटो फिचर) सविनको आग्रहमा 'हिरो रिटर्न्स' गरेकी हुँ, रेखा थापा(फोटो फिचर)

पछिल्लो समय रेखा अभिनेत्रीको रूपमा मात्र नभएर आफै चलचित्र निर्माण पनि गरिरहेकी छिन् । बुधवार रेखा र सविन श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र 'हिरो रिटर्न्स'को ट्रेलर सार्वजनिक गरियो । अभिनेता सविन श्रेष्ठको आग्रह नकार्न नसकेर उनले यस चलचित्र गरेको उनले बताएकी छिन् । आशिष भेटवालले निर्देशन गरेको चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा उनले आफ्नो पहिलो चलचित्र 'हिरो'लाई स्मरण गरिन् । यसै बिच कार्यक्रममा रेखाले चलचित्र पत्रकारले चलचित्रको समाचार लेख्दा पनि पैसा लिने आरोप लगाइन् भने यसै विषयमा पत्रकारसँग उनको सवाल जवाफ पनि चल्यो । उनले आफूले पनि थुप्रै चलचित्र पैसा नलिई गरेको सुनाइन् ।  

चलचित्रमा रेखा र सविनका साथमा दिल श्रेष्ठ, सुलेमान शङ्कर, सरोज खनाल लगायतको अभिनय रहेको छ । चलचित्रमा अभिनेता सरोज खनाल भिलेन अवतारमा देखिने छन् । आशिष भेटवालले निर्देशन गरेको चलचित्रमा चन्द्र गौतम, सहदेव गौतम र भीम न्यौपानेको लगानी रहेको छ ।  चलचित्र वैशाख २६ गते देखि प्रदर्शनमा ल्याउने तयारीमा छ । 

सविनको आग्रहमा 'हिरो रिटर्न्स' गरेकी हुँ, रेखा थापा(फोटो फिचर) सविनको आग्रहमा 'हिरो रिटर्न्स' गरेकी हुँ, रेखा थापा(फोटो फिचर)