मल्टिप्लेक्स हल बिग मुभिज कारबाहीमा परेको छ । बजार मूल्यभन्दा बढीमा खाना र पेय पदार्थ बेचेको आरोपमा वाणिज्य विभागले मुभिजलाई कारबाही गरेको हो । विभागको टोली बुधवार दिउँसो कमलपोखरीस्थित हलमा पुगेर अनुसन्धान गरेको थियो । मुभिज विरुद्ध ७० रुपैयाँ पर्ने चिजलाई सयभन्दा बढी मूल्यमा बेचेको भन्दै विभागले ठगीको मुद्दा अगाडी बढाएको छ । कानुन अनुसार बिग मूभिजलाई २ लाख ५० हजार जरिवाना तिर्नु पर्ने छ । विभागले ग्राहकको उजुरीका आधारमा कारबाही गरिएको जनाएको छ । ठगीको आरोपमा बिग मुभिज कारबाहीमा परेको यो चौथो पटक हो ।  