चलचित्र ‘२ नम्बरी’मा भुटानी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेनको इन्ट्री भएको छ । दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने चलचित्रमा दयाहाङ राईसँग उनको जोडी बाँधिएको हो । फागुन २८ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको यसै चलचित्रबाट उगेनले नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गर्दै छिन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम आयोजना गरी उनको इन्ट्री बारे आधिकारिक रूपमा सार्वजनिक गरिएको हो भने निर्देशक उनी भुटानी नागरिककै भूमिकामा रहने बताए निर्देशक दीपेन्द्रले बताए ।
उगेनले नेपाली सिनेमामा अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन् भने भुटानमा विदेशी चलचित्र प्रतिबन्ध भए पनि यूट्युबमार्फत् नेपाली चलचित्र हेर्ने उनले ब ताइन् । भुटानमा ‘राजेश हमाल, पल शाह, दयाहाङ राईलगायतका कलाकारको भुटानमा ठुलो क्रेज रहेको बताएकी छन् । उनले ‘दयाहाङ राई आफ्नो फेभरेट अभिनेता रहेको र उनीसँग काम गर्न पाउनु निकै खुसीको कुरा भएको बताइन् ।
किरण नेपालीको प्रस्तुति रहने ‘२ नम्बरी’लाई सुशन प्रजापतिले खिच्नेछन् । रत्न श्रेष्ठको कार्यकारी निर्माण रहने चलचित्रका निर्मातामा रोहित कट्टेल र सरोज नेपाली छन् । रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा अमलादेवी राईको सह-लगानी रहनेछ । यसलाई आगामी जनै पूर्णिमा रिलिज गरिने टार्गेट गरिएको छ ।