पछिल्लो समय टिकटकमा चर्चित रेश्मा घिमिरे म्युजिक भिडियो लगायत अभिनयमा एक पछि अर्को गर्दै देखिइरहेकी छिन् । टिकटकमा रुचाइएकी उनको अभिनय निकै मन पराइएको छ । यसै बिच उनी फेरी नयाँ म्युजिक भिडियोमा देखिँदै छिन् । भिडियोमा उनी मात्र होइन वर्षा राउत पनि देखिँदै छिन् ।वर्षा र रेश्माले पहिलो पल्ट सँगै काम गरेका हुन् । गीतको शिर्षक 'गलबन्दी पछ्यौरी' रहेको छ । गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गर्दै छन् । निर्देशक आचार्यले गीतलाई 'पिरिम नलाउने २'को प्रीक्वेल भएको बताएका छन् । भिडियोको छायाङ्कन भर्खरै सकिएको छ भने छिट्टै रिलिज हुने छ । हेरौँ सुन्दरी रेश्मालाई तस्बिरमा!!