अभिनेत्री आँचल शर्मा यही फागुन २९ मा विवाह बन्धनमा बाँधिँदै छिन् । प्रेमी डा. उदीप श्रेष्ठसँग लगन गाँठो कस्ने तयारीमा रहेकी आँचलले आइतबार साँझ विवाहको सङ्गीत मनाएकी छिन् । होटेल ह्यायात रिजेन्सीमा नजिकका आफन्त र कलाकारहरूको उपस्थितिमा आँचलले भव्य तरिकाले सङ्गीत मनाएकी छिन् ।

आँचलको सङ्गीतमा सहभागी हुन रेखा थापा लगायत श्वसतिमा खड्का, वर्षा सिवाकोटी पनि पुगेका थिए । सङ्गीत कार्यक्रममा आँचलले एकल नृत्य प्रस्तुत गरेकी थिइन् । सेतो गाउनमा सजिएकी उनलाई निकै खुसी र सुन्दर देखिएको थियो । आँचल र उदिपको फागुन २९ गते वैवाहिक कार्यक्रम छ । भने आउँदो चैत १ गते रिसेप्सन पार्टीको आयोजना गरिएको छ ।