अभिनेता प्रदीप खड्काको सोमवार जन्मदिन परेको छ । पछिल्लो समय दर्शकले निकै माया दिएका खड्काले आज आफ्नो २८औँ जन्मदिन मनाइरहेका छन् । चलचित्र ‘स्केप’बाट अभिनयमा पाइला राखेका उनी वि.सं. २०४७ फागुन २६ गते जन्मिएका थिए । उनले आफै लगानी गरेको चलचित्रबाट डेब्यु गरेका थिए भने उक्त चलचित्र चर्चामा आएन । आफैँ लगानी गरेर निर्माण गरेको चलचित्रले निराशा पैदा गरिदिएको उनले चलचित्र ‘प्रेमगीत’ बाट छलाङ मारे । 'प्रेम गीत' सफल भएपछि उनले पछाडि फर्केर हेर्नु परेन । उनलाई दर्शकले माया त दिए तर पछिल्लो समय उनका तीन चलचित्र लगालग फ्लप भए । तर उनी यति बेला आफूलाई निकै फरक र दर्शकलाई निराश नबनाउने गरी चलचित्रमा देखिन लागेका छन् । उनको बाटो खुलाइदिएको चलचित्र 'प्रेम गीत' कै तेस्रो भाग प्रदर्शनको नजिकै छ । जसको टिजर र गीत सार्वजनिक भैसकेका छन् जसबाट निकै सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । आफ्नो करियरको निकै महत्त्वपूर्ण चलचित्र मानेका छन् प्रदीपले 'प्रेम गीत ३' । चलचित्रको सफलता र जीवनभरको खुसीको लागी जन्मदिनको शुभकामना प्रदीपलाई !!