प्रेम पिण्ड' फेम्ड अभिनेत्री सनी रौनियारको म्युजिक भिडियो सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा सनीले महिला सशक्तीकरणको आवाज बोल्ने गीत 'खुल्ला आकाश' सार्वजनिक गरेकी हुन् । सनीको स्वर रहेको गीतमा सङ्गीतकार राजु सिंहको सङ्गीत छ भने विजय सिवाकोटीको शब्द रचना रहेको छ । सार्वजनिक गीतको भिडियोमा सनी आफै फिचर्ड छिन् । भिडियोको निर्देशन वरिष्ठ सञ्चार कर्मी एवं निर्देशक भूषण दाहालले गरेका हुन् । झन्डै २४ वर्ष पछाडि आफ्नै आवाजमा गीत लिएर आएकी सनी भन्छिन् 'समाजमा अझै पनि व्याप्त पुरुष प्रधान मानसिकता बिच महिलाको दृष्टिकोण र विचारहरू बाहिर ल्याउने पर्ने आवश्यकता महसुस गरेँ । यस गीत मार्फत महिलाको भित्री भावना उजागर गर्ने सक्दो प्रयास गरेकी छु ।' उनले २४ वर्ष अगाडी 'सनी' नामक गीति एल्बम दर्शकलाई पस्किएकी थिइन् । भिडियोमा जीवन रिजालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ ।