अघिल्ला वर्षका होली भन्दा यो वर्षको होली केही भिन्न बनेको छ । सार्वजनिक स्थल मा कमै मात्र मानिस होली खेल्न निस्किएका छन् । नेपाली फिल्म इन्डस्ट्रीको होली पनि यस वर्ष केही खल्लो भइरहेको छ । कोरोना भाइरसको प्रभावले सबैले भिडभाडमा गएर होली नमनाउने निर्णय गरेकाले पनि होलीको रौनक कम भएको हो । तर पनि सबैले आ-आफ्नो तरिकाले होली मनाइरहेका छन् । यसै बिच अभिनेत्री पूजा शर्मा र वर्षा सिवाकोटीले तथा नायक दिलीप रायमाझीले एकसाथ होली मनाएका छन् । राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा पुग्दा यी तीन जना निकै रमाइलो गर्दै एक अर्कालाई रङ लगाउँदै थिए । होलीमा रमाइरहेका तीन जनाले नै मिडियासँग कुरा गर्दै आफ्ना विगतका होली सम्झिएका छन् भने एक अर्कासँग जोडिएका स्मृतिहरू सुनाएका छन् । हेरौँ वर्ष, पूजा र दिलीपको वार्ता (भिडियोमा) ।