केहि समय अघि नेपालमा छायाँकन सकाएको चलचित्र ‘करोडपति’को यतिबेला भारतको मुम्बईमा धमाधम सुटिङ भइरहेको छ । अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बनिरहेको  यो चलचित्रमा भारतीय चलचित्रका चर्चित कमेडी कलाकार राजपाल यादव मुख्य भूमिकामा रहेका छन् । उनि केहि समय अघि नेपाल आएर छायाँकन गरि फर्किएका थिए ।

यतिबेला चलचित्रका मुख्य नायक आर्यन अधिकारी मुम्बईमा चर्चित कलाकार उषा नाडकर्णीसँग सुटिङ गरिरहेका छन् । उषा भारितय सिरियल ‘पवित्र रिस्ता’, ‘मधुवाला’ लगायतका चर्चित सिरियलमा काम गरिसकेकी छिन् भने ‘रुस्तम’ लगायत हिन्दी तथा मराठी चलचित्रमा अभिनय गरिसकेकी छिन् । आर्यनले आफ्नो फेसबुक एकाउन्ट मार्फत केही तस्बिरहरु पोस्ट गरेका छन् । जसमा उनी उषाको साथै राजपाल यादवसँगै देखिएका छन् ।