आर्यन सिग्देल, स्वस्तिमा खड्का र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘हजार जुनीसम्म’ भारतमा प्रदर्शन हुने भएको छ । यही शुक्रवारबाट चलचित्र दार्जिलिङ, कालिम्पोङ, सिक्किम र सिलगुडीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ । कालिम्पोङमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । सम्मेलनमा अभिनेता द्वय आर्यन सिग्देल र अखिलेष प्रधान, निर्माता अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकी मार्केटिङ हेड सुष्मा राई उपस्थित थिए । रोमान्टिक लभ स्टोरी यस चलचित्र भारतका दर्शकलाई मन पर्ने नायक आर्यनले विश्वास लिए । अभिनेता अखिलेष प्रधानले फिल्ममा आफूले निभाएको भूमिकालाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे । उनक्को यो डेब्यु चलचित्र हो । मोसन पिक्चरकी सुष्माले सिक्किमको प्राकृतिक सुन्दरता कैद गरिएकाले सिक्किमका दर्शकलाई विशेष गरी फिल्म हेर्न आग्रह गरिन् । विकास राज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलावा सञ्चिता लुइँटेल, शिवहरि पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।