गायक सपन राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘बाटोको काँडा’ बोलको गीत मङ्गलवार राजधानीमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो । गीतमा तारा प्रकाश लिम्बुको शब्द तथा सङ्गीत र सहाश शाक्यको एरेन्ज रहेको छ । सार्वजनिक गीतको भिडियोमा सञ्चार कर्मी नरेश भट्टराई र नायिका रेविका गुरुङ फिचर्ड छन् । राजकुमार केसीले छायाङ्कन गरेको म्युजिक भिडियोलाई धुव्रराज पराजुलीले सम्पादन गरेका छन् । चाम्स इन्टरटेगमेन्टले प्रस्तुत गरेको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमा हेर्न सकिन्छ । गीतले प्रेमिकालाई आफ्नो सपना पुरा गर्न सहयोग गर्न आफ्नो सपना त्यागेको प्रेमीको कथा भन्छ ।