एक समय नेपाली फिल्म इन्डस्ट्रीमा राज गरेका नायकहरू हुन् राजेश हमाल र निखिल उप्रेती । लामो समयपछि यी दुई नायकलाई एकसाथ पर्दामा देखिने भएको छ । निखिल उप्रेतीले निर्माण गर्ने चलचित्र अहिले ‘आयो भैरव’को लागी कुरा अगाडी बढेको हो । यो चलचित्र ‘भैरव’ को सिक्वेल हो । यसको लागी निखिल र राजेशबिच पहिलो चरणको कुराकानी सम्पन्न भैसकेको छ भने आफ्नो क्यारेक्टरको लागी राजेश सकारात्मक भएको बुझिएको छ । उनले आफ्नो भूमिका सुनिसकेको र मन पनि पराएका छन् । चलचित्र निखिल आफैँले निर्देशन गर्ने छन् । अघिल्लो भाग ‘भैरव’ पनि उनैले निर्देशन गरेका हुन् । एक्सन अवतारमा फर्केका निखिलको भैरवको कम ब्याकलाई दर्शकले मन पराएका थिए । यसको दोस्रो भागमा निखिलसँग हमाल पनि जोडिएको खण्डमा चलचित्र रोचक बन्ने देखिन्छ ।