अभिनेत्री तथा मोडल जेनिशा केसी ठुलो तथा सानो पर्दा बाट टाढा भएको लामो समय भैसकेको छ । यति बेला दुबईमा बसेर व्यवसाय गरिरहेकी केसीले बलिउड चलचित्रमा देखिने सपना बुनेकी थिइन् । जसलाई उनले आजसम्म पुरा गर्न सकेकी छैनन् । सपना देखेपछि पुरा गर्न केही समय त लाग्छ नै सायद उनी पनि यसै समयको प्रतीक्षामा छिन् । सपनालाई बेलाबेला झस्काइरहनु पर्छ तब त पुरा गर्ने हुटहुटी बढेर आउँछ । सपना पुरा गर्ने क्रममा जेनिशाले एक पन्जाबी गीतमा मोडलिङ गरेकी छिन् । उनले ‘फ्यान्टम बोलिया’ बोलको गीतमा अभिनय गरेकी हुन् । पभी घुमानको स्वर तथा शब्द रहेको गीतमा गुर सिधुले सङ्गीत भरेका छन् । भिन्टेज रेकर्ड्ज को प्रस्तुति रहेको गीतको भिडियो लाई साभियो सन्धुले निर्देशन गरेका हुन् । भिडियोको छायाङ्कन दुबईमा गरिएको छ । यो गीतमा काम गर्दा नयाँ अनुभव भएको सुनाइन् ‘फ्ल्यास ब्याक’, ‘दोस्ती’ जस्ता नेपाली चलचित्रमा काम गरेकी उनले यस भिडियोमा काम गर्दा फरक र नौलो अनुभूति भएको सुनाएकी छिन् ।