नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले केही दिन अघि विवाह गरेका हुन् । विवाह भन्दा अघि पनि विभिन्न कुराले चर्चामा आइरहेको यो जोडी विवाह पछि अझ धेरै चर्चामा आइरहेको छ । यसै बिच यो जोडी फेरी चर्चामा आएको छ । चर्चामा आउनुको कारण हो दुवैले आफ्नो नाम पछाडि राखेको थर । दुवैले आफ्नो नाममा चार-चार वटा थर प्रयोग गर्न थालेका छन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रियंकाले आयुष्मानको थर थपेकी छिन् जस अनुरूप उनले इन्स्टामा आफ्नो नाम प्रियंका कार्की डीएस जोशी लेखेकी छिन् ।

यसै गरी आयुष्मानले पनि आयुष्मान डीएसके जोशी अर्थात् देशराज, श्रेष्ठ, कार्की जोशी राखेका छन् । प्रियंकाले थर मोडिफाइ गरेको केही स्मायमा नै आयुष्मानले पनि आफ्नो इन्स्टाग्राममा थर मोडिफाइ गरेका हुन् । आयुष्मानको थर पहिल्यैबाट तीन वटा थिए । उनका बुवा जोशी हुन् भने आमा देशराज श्रेष्ठ लेख्ने गर्छिन् । आयुष्मानको नाममा ‘देशराज’ मावली तर्फबाट आएको हो ।

रविनाका पूर्व पति जोशी हुन् ।आयुष्मानले बुवा र आमा दुवैको थर प्रयोग गर्दै देशराज जोशी श्रेष्ठ लेख्ने गरेका थिए । अब श्रीमतीको थरलाई पनि आफ्नो नाममा समेट्दा उनको नाम पछाडि छर थर जोडिएको हो ।  ​​​​​​​