साउन २७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘संरक्षण’को नयाँ गीत सार्वजनिक भएको छ । ‘सम्झनाको सारङ्गी’ बोलको उक्त गीत मंगलबार सार्वजनिक भएको हो । स्वरुपराज आचार्यको स्वर, प्रवेश मल्लिकको संगीत र धिरेन्द्र प्रेमर्शीको शब्द रहेको गीतमा चलचित्रको मुख्य कलाकार नायक सैगात मल्ल र अशिष्मा नकर्मीको अभिनय रहेको छ ।

 

पुर्णेन्दु झा निर्दे्शित फिल्म ‘संरक्षण’ मा सौगात र अशिष्मासँगै नायक निखिल उप्रेती, नायिका मलिना जोशी, रमेश रञ्जन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतको अभिनय रहेको छ । नरेन्द्र महर्जन, प्रदीप कुमार उदय, नन्दु श्रीवास्तभ र श्वेता शाहको संयुक्त लगानी रहेको फिल्म मधेशले मधेशको मुद्धालाई उठाएको छ ।