पछिल्लो समय दर्शकको साथ र माया पाएको नेपालको पहिलो कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को फाइनल सम्पन्न भएको छ । शनिवार आयोजना गरिएको फाइनलबाट हिमेश पन्त विजेता घोषित भए । फाइनलमा पुगेका सुमन कोइराला र खड्ग बहादुर पुन मगरलाई पछि पार्दै हिमेश विजेता बनेका हुन् । शनिवार वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए । च्याम्पियन बनेसँगै उनले २५ लाख रुपैयाँ र एउटा कार पाएका छन् । दर्शकको भोटिङको आधारमा विजेता घोषित भएका हुन । भोटमा हिमेशलाई खबपुले पछ्याएका थिए । पहिलो सिजनबाट दर्शकको मन जितेको यस सो सफल भएकोमा निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र सम्पूर्ण टिमले खुसी व्यक्त गरेका छन् । पहिलो सिजनको निर्णायकको रूपमा मनोज गजुरेल, सन्तोष पन्त, ॠचा शर्मा, प्रदीप भट्टराई थिए ।