पूर्व मिस नेपाल उषा खड्गीले र जीपी तिमिल्सिनाले आफ्नो १७ वर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गरेका छन् । उषाले आफ्नो फेसबुक मार्फत यस कुरालाई पुष्टि गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्न, 'यदि तपाईँले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक दुर्व्यवहार सहनुपर्छ भने यसलाई निरन्तरता दिने कुनै आधार छैन । अब म भन्छु – नो ।'

केही महिना अघि उषा र जीपीको डिभोर्सबारे समाचारहरू बनेका थिए तर उषाले आफै नै फेसबुक मार्फत यो हल्ला झुटो भएको भनेकी थिइन । तर उनले यति बेला आएर आफू विगत १७ वर्ष देखि शारीरिक र मानसिक दुर्व्यवहारको सिकार भएका कारण यो निर्णय लिएको खोलेकी छिन् । उनले अब आफ्नो र सन्तानको हकका लागि लड्ने उल्लेख समेत गरेकी छन् । उषा र जीपी ले २००३ मा प्रेम विवाह गरेका थिए ।