चलचित्र ‘परदेशी २’ मा अभिनेता दिलीप रायमाझीको इन्ट्री भएको छ । चलचित्रका मुख्य अभिनेता गायक प्रकाश सपुतले यसबारे आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । सपुतले आफ्ना आइडल अभिनेता दिलीप रायमाझी पनि ‘परदेशी २’ जोडिएकोमा खुसी व्यक्त गर्दै आफ्नो सपना पुरा भएको लेखेका छन् । उनले आफ्ना प्रिय (आइडल) हिरोसँग स्क्रिन सेयर पनि गर्दै छु भनि लेखेका छन् । बुझिए अनुसार ‘परदेशी २’ मा दिलीपले अतिथि भूमिका निभाउनेछन् । नारायण रायमाझीको निर्देशनमा निर्माण हुने चलचित्रले रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथा भन्ने छ । यसमा प्रकाश सपुतसँगै केकी अधिकारी र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने छ । यति बेला चलचित्रको छायाङ्कनको काम भइरहेको छ ।