लोकप्रिय हाँस्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) आफ्नो गीत लिएर दर्शकको माझमा आएका छन् । ‘सेल्फी खिचौँला ए माया’ बोलको गीतमा राईले नै स्वर भरेका छन् । भने शब्द पनि उनकै रहेको छ । गीतमा विल्सनलाई मेलिना राईले साथ दिएकी छिन् । दीपक शर्माको सङ्गीत रहेको गीत निकै कमेडी शैलीमा बनेको छ । इन्टरनेटमा सार्वजनिक गीतको भिडियोमा बुद्धि तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन विक्रम स्वयं फिचर्ड छन् । भिडियोलाई विल्सनले नै निर्देशन गरेका हुन भने सुरेन बसेलको कोरियोग्राफी रहेको छ । विक्रम डिसीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।