अभिनेत्री कविता गुरुङको नौलो र फरक किसिमको टेलिभिजन सो 'विस फर अ डे विथ डल्लु' लिएर आउने भएकी छिन् । सो को मङ्गलवार ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र 'बबी' कि नायिका गुरुङले निर्माण गरेको शोको दरबारमार्ग स्थित म्यागनम लन्ज वारमा पत्रकार भेटघाट गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई,निर्देशक समाजका महा सचिव जनकदिप पराजुलीको उपस्थिति रहेको थियो । डल्लु इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण गरिएको कार्यक्रमको ट्रेलरले एक जना व्यक्ति विशेषको इच्छा, आकाङ्क्षा,सपना,अनि खुसी एक दिनको प्रस्तुति रहनेछ । वेब टिभीको स्टुडियोमा सम्पादन र छायाङ्कन गरिएको कार्यक्रमलाई डम्बर राईले छायाङ्कन र ध्रुवराज पराजुली प्रज्वलितले सम्पादन गरेका हुन् कविता गुरुङको कन्सेप्ट र प्रस्तुतीकरण रहेको छ । उनी लामो समय देखि नर्वे बस्दै आएकी थिइन् । उक्त कार्यक्रममा बोल्दै उनले, 'नर्वेमा मैले कमाएको पैसा र उमेशले कमाएको पैसाले महँगो जुत्ता र कपडा लगाउने या रमाइलो ठाउँमा घुम्ने घरमा पनि महँगो महँगो सामान खरिद गर्ने गर्दै गर्दा मलाई यस्तो फिल भयो कि मैले लगाउने एक जोर जुत्ता २०-३० हजार पर्छ तर त्यो रकमले चाहिँ हाम्रो नेपालमा कोही सामान्य परिवारलाई कति महिनाको खर्च चल्छ कति धेरै कुरा गर्न मिल्छ मलाई त्यो फिल लाग्यो त्यसले गर्दा हामीले कमाएको धेरै रकम राम्रो काम लगाउने सोचका साथ यो कार्यक्रम गर्ने सोच आएको बताइन्' । पहिलो सिजनमा १० भागको कार्यक्रमको निर्माण गरिएको र पाक्षिक रूपमा राष्ट्रिय टेलिभिजन र डल्लु इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिने उक्त कार्यक्रममा जानकारी गराइयो ।