नियन्त्रणका लागि भन्दै सिनेमा हल, सांस्कृतिक केन्द्रहरू लगतयका क्षेत्रहरू बन्द गरिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो । बैठकले सिनेमा हल मात्र नभएर सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो । यसै गरी अत्यावश्यक काम बाहेक आवतजावत, हिँडडुल नगर्न पनि सबैलाई निर्देशन गरेको छ । सार्वजनिक स्थलहरूमा २५ जना भन्दा बढी मानिसहरू भेला हुन बन्द गर्ने निर्णयसमेत गरेको छ । यसको अनुगमन पनि गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने भएको छ । सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै वैशाखको तेस्रो सातासम्म रिलिजका लागि प्रदर्शन मिति तय गरेका चलचित्रको रिलिज प्रभावित हुने भएको छ । यसले, आउँदो वर्ष नेपाली चलचित्रको रिलिजको सेड्यूल भद्रगोल हुने पक्का छ ।