अन्जु पन्तको स्वर रहेको गीत ‘फुलेको केश’ सार्वजनिक भएको छ । गीतकार श्रीमती तारा अधिकारीको शब्द रहेको गीतमा वसन्त सापकोटाले सङ्गीत भरेका छन् । गीतलाई फणीन्द्र राईले एरेन्ज गरेका छन् । रमेश थापाको निर्देशनमा बनेको सार्वजनिक गीतको भिडियोमा दिलीप रायमाझी, सिरु विष्ट, तारा अधिकारी, सुजता बराल र सुलोचना आचार्यको अभिनय रहेको छ । भिडियोमा श्रीमानले धोका दिएर अर्काको श्रीमतीसँग प्रेममा परेको कुरालाई देखाइएको छ । भिडियोले एउटाा विवाहिता नारीले आफ्नो श्रीमानको प्रेम नपाउँदाको पिडा देखाउँछ । रत्न जोशीको करियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सम्पादनको जिम्मा नहकुल खड्काले लिएका छन् ।