अभिनेत्री रीमा विश्वकर्मा यति बेला मालदिभ्समा छिन् । ‘कमेडी च्याम्पियन’मा होस्ट तथा निर्मात्री रहेकी रीमा ‘कमेडी च्याम्पियन’को फिनाले सकिएपछि बिदा मनाउन मालदिभ्स पुगेकी हुन् । उनले मालदिभ्समा स्विमिङ पुलमा रमाइरहेको तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा उनलाई निकै बोल्ड देखिएकी छिन् । कोरोना भाइरस सङ्क्रमणको त्रास बढेसँगै सबैलाई उनले सामाजिक सञ्जाल फेसबुक मार्फत घर बाहिर ननिस्कन सल्लाह दिएकी छिन् । उनले एक भिडियो सार्वजनिक गर्दै भनेकी छिन्, 'विश्वभर फैलिँदै गएको कोरोना भाइरसको त्रासले हामी पनि अछुतो छैनौँ । यति बेला डराउने भन्दा पनि आफ्नो सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता दियौँ । सरकारले बिना काम घर बाहिर ननिस्कनु भनेर नोटिस सार्वजनिक गरिसक्यो । त्यसैले आफ्नो सुरक्षाको लागि धेरै भन्दा धेरै पटक हात धुनुस्, मास्क लगाउनुस्, सेनिटाइजर प्रयोग गर्नुस् र उनले खाली समयको सही सदुपयोग गर्नुस्' भनेकी छिन् ।