यति बेला विश्वभरका कलाकार लगायत खेलाडी सबै फुर्सदिला बनेका छन् । कोरोना भाइरस(कोभिड १९)को त्रासले हरेक क्षेत्र सुनसान छ । हरेक समय निकै व्यस्त रहने कलाकार यती बेला घरमै समय बिताइरहेका छन् । फुर्सदिला बनेका कलाकारले आफै समय सदुपयोग गरिरहेको सामाजिक सञ्जालमा साझेदारी गरिरहेका छन् । बलिउडका सबै भन्दा व्यस्त नायक सलमान खान पनि यति बेला फुर्सदमा छन् । छायाङ्कन लगायत अन्य  काममा अहोरात्र व्यस्त रहने सलमान अहिले घरमै छन् । फिल्म हल, क्लब, रंगाशाला र अन्य सार्वजनिक कार्यक्रमहरू स्थगित भएपछि उनी आफूलाई मन पर्ने काम गर्दै समय कटाइरहेका छन् । उनले सामाजिक सञ्जालमा  एक भिडियो सार्वजनिक गरेका छन् । जसमा उनी स्केच बनाउँदै गरेको देखिन्छ । उनले एक पुरुष र एक महिलाको स्केच बनाएका छन् । उनले कालो रङ प्रयोग गरेर हातले स्केच तयार गरेका हुन् । उनले सार्वजनिक गरेको भिडियोलाई उनका फ्यान ले निकै मन पराएका छन् भने उनको प्रयासलाई तारिफ गरेका छन् ।